सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सनुको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ छ ।

बुधबार प्रतितोला ५ सय रुपैयाँले घटेर सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै बुधबार चाँदी १ हजार १७० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

६,आश्विन.२०७९,बिहीबार १२:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्