काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

पत्रकार महासंघले माग्यो राष्ट्रपतिको राजीनामा

3.63K
shares
khanepani bord

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै दीर्घकालीन समाधानका लागि निकास दिनुपर्ने भन्दै राजीनामा माग गरेको छ ।
महासंघको बिहीबार बसेको बैठकले पारित गरेको पहिलो प्रस्तावमै राष्ट्रपतिको राजीनामा माग गरिएको छ । महासंघको नेतृत्वमा सत्तारुढ पाँचदलीय गठबन्धनले जितेको छ ।

महासंघको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन भएको भन्दै विधिको शासनमाथि प्रहार भएको ठहर गरेको छ ।

महासंघले भनेको छ, ‘जनताका प्रतिनिधिको सर्वोच्च संस्था संघीय संसदले बनाएका विधेयक वा अन्य कानूनहरू सही वा गलत भनेर टिप्पणी गर्ने अधिकार आमनागरिकलाई भएपनि विधिको शासनलाई पालना गर्नु राष्ट्रपतिदेखि आमनागरिकसम्म सबैको जिम्मेवारी हुन्छ । संविधानमाथि प्रहार भएको यो अवस्थाको दीर्घकालीन समाधानका लागि राष्ट्रपतिले निकास दिनुपर्ने मत महासंघको छ’।

khanepani