सिइओ मिलन शाक्यका कारण केयूकेएल कर्मचारीहरुको आन्दोलन उत्कर्षमा, ठिमि शाखा ठप्प

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका (केयूकेएल)का सिइओ मिलनकुमार शाक्य कार्यालयबाट भागेका छन । उनले केयूकेएलको वोर्डले दिएको मौखिक निर्देशनलाई आफु अनुकुल व्याख्या गर्दै केयूकेएलमा आन्दोलनरत कर्मचारीहरुले राखेको व्यानर राती आफैले झिकेपछि उनि गायव भएका हुन ।
केयूकेएल ठिमि शाखामा कार्यालय प्रमुख नभएका कारण कर्मचारीहरुले भाद्र महिनाको तलव र दशै पेश्की आजसम्म नपाएको भन्दै ठिमि शाखाको सबै सेवा बन्द गरेर सिइओको ढोका अगाडि धर्ना बसेका छन ।
सिइओले ठिमि शाखामा कार्यालय प्रमुख नपठाएर शाखा कार्यालय ठप्प पार्न सहयोग गरेको भन्दै केयूकेएलमा कार्यरत चार युनियनका नेताहरुले सिइओ शाक्यलाई कार्यालय परिसरमा आउनै नदिने भन्दै चक्र्को विरोध गरेका छन ।

७,आश्विन.२०७९,शुक्रबार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्