काठमाण्डौ सातमा मानुषी येँमी नै किन ?

केशब अर्याल

काठमाडौं ।संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले मिडियादेखि चिया पसलसम्म सम्भाव्य उम्मेदवारको चर्चा परिचर्चा सुरु भएको छ । उम्मेदवारको चर्चामा नेतादेखि अभिनेता ,संगठितदेखि स्वतन्त्र धेरै थरीका पात्रहरु छन् । दलहरुले भने प्रत्यक्ष तर्फ उम्मेदवार टुङ्ग्याई सकेका छैनन । काठमाडौंमा पनि धेरै थरीका उम्मेदवारहरुको चर्चा छ । चर्चाका बिचमै काठमाडौं सातबाट मानुषी येँमी भट्टराई उम्मेदवार बन्ने पनि उत्तिकै चर्चा छ । जुन कुरा मानुषी स्वयंमले पनि स्वीकारेकि छन् ।

काठमाण्डौ सातका मतदाताको चाहना
सातमा मानुषी उम्मेदवार बनुन भन्ने आफूहरुले चाहेको स्थानिय मतदाताले बताउँछन् ।काठमाडौं सातका मतदाताले पनि मानुषी येँमी काठमाडौं सातबाट उठ्दा उपयुक्त हुने बताईरहेका छन् । मतदाता भन्छन् मानुषी यमि उठ्दा राम्रो हुन्छ , किनकी उनले काठमाडौंको नेवारी सस्कृतिसँगै गैरनेवार संस्कृति बुझ्ने क्षमता राख्दछिन् । युवा र पाका दुवैको मनोविज्ञान बुझ्न सक्छिन । देश विदेश बुझेकी छन् । उनको प्रतिनिधित्वले महिला र युवा दुवैको प्रतिनिधित्व हुन्छ । समयले नेतृत्वमा नयाँपन खोजेको छ त्यो पनि पुरा हुन्छ । उनमा बिषय विज्ञता युवा जोस जागर ,विकसित प्रविधिको ज्ञान , स्थानिय जनता बिच सहज पहुँच जस्ता विशेषता छन् ।

स्वयम मानुषी यमीले पनि संघीय संसदमा संवैधानिक प्रावधान अनुरुप जो जहाँबाट उम्मेदवार बन्न सक्ने भए पनि आफू जन्मिएका हुर्किएको ठाउँ, आफू मतदाता रहेको स्थान , साथीभाईको आग्रह , अनी आफ्ना बाजे बजैले सोही स्थानबाट राणा शासन बिरुद्ध संघर्ष गरेको इतिहास भएकोले काठमाडौं सातबाट उम्मेदवार बन्नचाहेको बताउँछिन । यो क्षेत्र यसअघि आमा हिसिला यमीले निर्वाचन जितेको क्षेत्र पनि हो । जन्मथलो कर्मथलो भएकोले काठमाडौं सातसँग विशेष सम्बन्ध भएको बताउँदै मानुषीले भन्छिन , पार्टीले भनेमा सात मात्र होइन जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार छु । मेरो चाहना अलिबढी काठमाडौं सात नम्बर क्षेत्र हो । किनकी बाल्यकालमा हुर्केबढेको ठाउँ भएकोले रगतमा यहाँको माटोको सुगन्ध छ ।
अहिले चर्चामा आएका उम्मेदवारहरु मध्ये मानुषी साँच्चै आसा लाग्दो व्यक्तित्व पनि हुन । उनलाई मुलुकको जुनसुकै क्षेत्रबाट भए पनि संघीय संसदमा पठाउन सक्दा संसदको गरीमा बढ्छ । मानुषीको क्षमता माथि न्याय हुन्छ, एउटा फक्रँदै गरेको कोपिला फुल्ने अवसर पाउछन । बढ्दै गरेको मुनालाई मलजल हुन्छ ।
प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो, जहाँ जनताले आफूमाथि शासन गर्ने प्रतिनिधि आफै चयन गर्दछन । त्यसैले निर्वाचन प्रजातन्त्रको मुटु हो । तर हाम्रो जस्तो विकासन्मुख देशमा जनताले मत दिँदा यो मर्म कति बुझ्छन्, त्यो अलग बिषय छ । मतदाताहरुलाई मनी , मसल र मिडियाले कसरी प्रभाव पार्दछ ,त्यो देखे भोगेकै कुरा छ । जनतामात्र किन उम्मेदवारलाई टिकट दिने नेताहरुले पनि इमान्दार र क्षमतावान व्यक्तिमाथि न्याय गर्दछन कि गर्दैन प्रश्न गर्ने र आशंका गर्ने ठाउँहरु प्रसस्तै छन् । होइन भने मुलुकमा शसस्त्र जनयुद्ध सुरु गरेदेखि प्रत्यक्ष रुपमा त्यसका दुखकष्ठ झेल्दै आएकी मानुषीले पार्टीले टिकट देला कि नदेला भनेर दोधारमा पर्नुपर्ने पात्र होइन । जनयुद्ध सुरु हुँदा उनी दश वर्षकी थिईन । त्यति नै बेला बुबा डा. बाबुराम भट्टराई र आमा हिसिला यमी भूमिगत भए । त्यसपछि उनी काकी र ठुली आमासँग बसेर पढ्न थालिन । बाबुराम भट्टराई र हिसिला यमीलाई खोज्दै हिडेका गुप्तचरले बाबुराम र हिसिलासम्म पुग्ने माध्यम मानुषी हुन सक्ने ठम्याइकासाथ मानुषीको पिछा गरे । मानुषी पक्राउ पर्ने सम्भावना बढ्यो । पक्राउबाट बच्न नाबालकै छँदै मानुषी भारत पस्न बाध्य भईन । भारतका विभिन्न स्थानमा पढ्दा उनले आफ्नो नाम परिवर्तन गरिन र राखिन अस्मिता सिंह । बाबुको नाम राखिन सुरेश सिंह जुन अहिले पनि उनको नागरिकतामा साक्षीका रुपमा छ । जब उनी राजनीति बारे बुझ्ने भईन, त्यति बेलासम्म जनयुद्ध आगोका लप्काहरु बिचबाट अगाडी बढ्दै थियो । राज्यले घोषणा गरीसकेको थियो, हिसिला र बाबुरामलाई आतंककारी । राज्यमा बस्नेले यिनीहरुको टाउको ल्याउ झोलाभरी पैसा लैजाउ भन्दै मार्न उक्साउथे । राज्य नियन्त्रित सञ्चार माध्यममा यस सम्वन्धी सार्बजनिक सूचना बजीरहन्थे । त्यो बेला बाबुराम र हिसिला कुनै पनि क्षण मारिन सक्थे । यस्तैमा एक दिन हिसिला र बाबुरामले आफ्नो एक मात्र सन्तान मानुषीलाई भने, मानुषी हामी कुनै पनि बेला मारिन सक्छौ, त्यसपछि तिमी के गर्दछ्यौ । सबै प्राणीमा आफना जन्मदाताको अतिनै माया हुन्छ । किनकी संसारमा सबै चिज बजारमा किन्न पाईन्छ बाबु आमा गुमाएपछि पुन पाईदैन । यो ध्रुव सत्य बुझ्ने भईसकेकि मानुषी भने आमा बुबाको मृत्युका कुरा गर्दा कति पनि विचल्लीत भइनन बरु जवाफ दिईन । तपाईहरु अगालेकै बाटोमा हिड्छु । उनले बा आमालाई प्रश्न गरिन म पनि मारिन सक्छु , म मरे तपाईहरु के गर्नु हुन्छ ? आमा बुबाले जवाफ दिए तिम्रो स्मृतिलाई जिवित राख्न तिम्रै नाममा ट्रष्ट खोल्छौ ।देश र जनताको मुक्तिका सपना पुरा गर्न यसरी नै लागि रहन्छौं । यसरी जनयुद्धका हरेक चुनौती सामना गरेर आएकी पात्र हुन मानुषी ।
मानुषीमा बिशेष के छ ?

मानुषीमा सिप छ, शैली छ, परिवर्तनका एजेण्डाप्रति प्रष्ट बुझाई छ । सांगठनिक क्षमता बैचारिक सुस्पष्टता छ । सबै हिसाबले उनी अब्बल छन । उनले आफ्ना बुबा आमा पद र शक्तिमा हुँदा त्यसको दुरुपयोग गरीनन् । यसैलाई कमजोरी ठान्ने हो भने त्यसको जवाफ छैन । जति बेला डा. बाबुराम भट्टराई मुलुकको प्रधानमन्त्री थिए, त्यसबेला उनी सार्वजनिक यातायात चढेर त्रिभुवन विश्वविद्यालयमा गएर आम जनताका छोराछोरी सँगै पढिन् । बिद्यार्थी हुदा असल बिद्यार्थीको रुपमा सधै कक्षमा ,बसिन, सामान्य चिया पसलमा सामान्य खाजा खाईन,बुबा आमाको रवाफ लगाइनन । यही इमान्दारीता र सरलतालाई कमजोरी ठान्ने हो भने यो कमजोरी दोहोराउन उनी तया छन, होइन भने उनीमा के कमजोरी छ ? मुलुकको जेठो विश्वविद्यालय त्रि.वि.विको स्ववियु सचिव सबैभन्दा बढी मत ल्याई जीतेर सांगठनिक क्षमता देखाइसकेकि छन् । मास्टर्स डिग्रीमा राजनीति शास्त्रमा स्वर्णपदक जित्ने तिष्ण विद्यार्थी हुन् । एमफिल गरेर पिएचडीको पढाई अगाडी बढाई रहेकी उनी एक युवा बौद्धिक व्यक्ति हुन् । आफ्नो छुट्टै व्यक्तित्व भएकि मानुषीलाई बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मात्र भनेर बुझियो भने यो मानुषीको क्षमता र व्यक्तित्वमाथि अन्याय गरेको ठहरिन्छ । त्यसैले टिकट दिनेहरुले ख्याल गर्नु पर्दछ ,एउटा विशाल सम्भावना बोकेको युवालाई अगाडी बढ्न खोज्दा बाटो छेक्ने होइन बाटो खुल्ला गरिदिनु पर्दछ ।
के छन् ऐजेण्डा ?
मानुषी सांसद भनेर चिनीनकै निम्ती मात्र संसदमा छिर्न खोजेकी पनि होईनन । उनले प्रष्ट रुपमा भन्दै आएकी छन् मुलुकको अवस्था ठिक बनाउन पहिला सहिनीति नेतृत्व र योजना हुनु पर्दछ । सही नीति र योजना निर्माण गर्ने योग्य व्यक्तिहरु नीति निर्माण गर्ने तहमा पुग्नु पर्दछ । आफू त्यसकै प्रयत्नमा रहेको उनले सार्वजनिक रुपमै बताउँदै आएकी छन् । केबल चुनाव उठ्नका निम्ती उठ्ने होइन । उनीसँग मुलुकका समस्या समाधान गर्ने योजना र दृष्टीकोण छन् । तिनै योजना र दृष्टीकोण नीति निर्माण गर्ने तहमा पुराउन चाहिन्छन मानुषी । मानुषी भन्छिन अहिले शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक संमृद्धि जस्ता बिषय मेरा एजेण्डा हुन । हामीले हजारौ शहिदहरुको बलिदानीबाट व्यवस्था बदल्यो अब अवस्था बदल्नु छ । म तीनै अवस्था बदल्ने एजेण्डा सांसदसम्म पुराउन चाहन्छु । त्यसैले त्यस्तो अवसरको खोजीमा छु । मानुषी भन्छिन, अहिलेको एउटा प्रमुख समस्या बलिदानबाट प्राप्त राजनीतिक अधिकार र ती अधिकार कार्यन्वयन गर्न देशको कमजोर अर्थव्यवस्था बिचको अन्तरबिरोध हो । संविधानमा गाँसवास कपासको सुनिश्चितता गर्ने व्यवस्था राख्यौ तर लागु गर्न सकिएको छैन । अहिले पनि २१ प्रतिशत भन्दा बढी जनता गरीबीको रेखामुनी छन् । जस्ले भरपेट खानकै निम्ती दैनिक संघर्ष गरीरहेका छन् । संविधानमा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने सुनिश्चित ग¥यौं तर व्यवहारमा अहिले पनि देशका बिकट क्षेत्रमा सुत्केरी व्यथाले छटपटाई रहँदा समयमै अस्पताल पुराउन नसक्दा आमा र बच्चाका अकालमै मृत्यु हुन्छ । गाउँ घरको के कुरा राजधानीमै समस्या छ, कोभिडको बेला सास फेर्न नसकेर अपस्पताल लान खोज्दा अस्पतालमा बेड नपाएर अक्सिजन नपाएर कतिले अपस्पताल खोज्दा खोज्दै एम्बुलेन्समै ज्यान गुमाउनु प¥यो । कतिले घरको एकान्त वासम ज्यान गुमाउनु प¥यो । स्वास्थ्य प्रणाली अत्यन्त कमजोर मात्र होइन महंगो पनि छ । अहिले पनि विकट क्षेत्रमा रुघाखोकी लाग्दा समयमा सिटामोल नपाएर ज्यान गुमाउनु पर्ने पिडादायि अवस्था छ ।देश बनाउने हो भने शिक्षा प्रणालीमा सुधार ल्याउनु पर्दछ । तर शिक्षाको हाल बेहाल छ । सार्वजनिक विद्यालयहरुले सोचे जस्तो परिणाम दिन सकेका छैनन् । निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरु अत्यन्त महंगा छन् । एकजनाको कमाईले एउटा बच्चा मात्र पढाउन पनि नपुग्ने अवस्था छ । डाक्टरी पढाई कति महंगो छ, एम.वि.वि.एस पढ्न सरकारले तोकेकै फि ४० लाख छ, अप्रत्यक्ष त ७० लाख भन्दा बढी लाग्दछ । अति गरीब, गरीब मात्र होइन मध्य स्तरकै अभिभावकले आफ्ना सन्तानलाई चाहेको शिक्षा पढाउन नसक्ने अवस्था छ । देशभित्र आफ्नो भविष्य नदेखेर क्षमतावान युवाहरु युरोप,अमेरीका, अष्ट्रेलिया विद्यार्थीको रुपमा गएर उतै बस्ने स्वदेश नफर्कने भयावह अवस्था छ । त्यस्तै अदक्ष युवाहरु खाडी राष्ट्र गई आफ्नो युवा जीवनको रगत पसिना विदेशी भूमिमै रित्याउने बाध्य छन ।

देश तिनै युवाले विदेशमा रगत पसिना बगाएर आएको रेमिट्यान्सले चलाउनु पर्ने अवस्था छ, । यस्तो हो भने अबको २० वर्षपछि नेपाल बृद्ध अभिभावकको बृद्ध आश्रम जस्तै हुने छ । पछिल्लो एक दशकको तथ्याङक हेर्ने हो भने हरेक महिना औषत ५५ जना नेपाली श्रमिकले विदेशी भूमिा ज्यान गुमाएका छन् । पछिल्लो एक दशकमा ६७०० भन बढी नेपाली युवाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको सरकारी आँकडाले नै देखाउँछ । यो अवस्था कस्ले सुधार्ने ? यो सुधार्ने हामीले नै हो । त्यसैले देश बनाउने हो भने मुलुकको शिक्षा प्रणाली सुधार गर्नु पर्ने हुन्छ । प्रत्येक नागरीकले स्वास्थ्य सेवा पाउने व्यवस्था सृजना गर्नु पर्दछ । प्रत्येक वर्ष करीब ५ लाख रोजगारीका अवसर सृजना गर्नु पर्नेमा अहिले करीब एकलाख मात्र सृजना हुने गरेको छ, यस्मा सुधार गर्नु पर्ने छ । यीनै एजेण्डा सहित आफू चुनावमा जान चाहेको पनि उनले बताईन । आज भन्दा ५० वर्ष अघि आर्थिक रुपले नेपाल भारत र चिनकै हाराहारीमा थियो । अहिले आर्थिक रुपले छिमेकी चिन र भारतले कति विकास गरीसके हामी भने पछि प¥यौ । छिमेकमा भएको ठुलो जनसंख्या र बजारको समेत फाईदा लिदै हामीले पनि दुई अंकको आर्थिक बृद्धिदर गर्नु पर्दछ । चिन विश्वको दोस्रो र भारत विश्वका पाँचौ ठुलो अर्थतन्त्र भएको देश हो, यसको हामीले पनि फाईदा लिन सक्नु पर्दछ । नेपाल राम्रो बनाउने मुख्य आधार भनेको युवाशक्ति हो । युवाको ज्ञान सिप र क्षमता देशको निम्ती प्रयोग हुने बातावरण बताउनु पर्दछ । आफ्नो उम्मेदवारी युवाको प्रतिनिधिका रुपमा पनि हो भन्दै मानुषीले भनिन् देश विग्रीयो भनेर नेता र पार्टीलाई गाली गरेर समस्या समाधान हुँदैन । नत फिल्म जस्तै कुनै हिरो वा तिलस्मी व्यक्ति आएर समस्या समाधान गरी दिन्छन् । हाम्रा देशका समस्या हामीले समाधान गर्ने हो, त्यही समाधान गर्ने खाका सहित म उम्मेदवार बन्न चाहे कि छु कुराकानीमा उनले बताईन ।

मुलुकका सार्वजनिक संस्थाहरुको सुधार, भ्रष्टचारको अन्त्य र शुसासन जनताका दैनिक समस्याको समाधान , विकास र संमृद्धी, शुसासन, समावेशीताको सहिअर्थमा कार्यान्वयन जस्ता राष्ट्रिय एजेण्डाका साथै प्राकृतिक र सांस्कृतिक माथिको अतिक्रमणले मृत बन्दै गएको काठमाडौलाई जीवन्त बनाउने र राजधानी साँच्चै राजधानी जस्तो बनाउने आफ्ना एजेण्डा भएको बताउँदै मानुषी भन्छिन जे भन्दा सस्तो लोकप्रियता पाइन्छ म त्यसको पछि लाग्दिन । म एजेण्डाको पछि लाग्दछु किनकी नीति विचार र एजेण्डानै राष्ट्र रुपी जहाज आकासमा उडाउँदा चाहिने कम्पास हुन । यसैले सहि गन्तव्यमा अवतरण गराउँछ । जनता महान हुन ढिलोचाँडो जनताले सत्य कुरो बुझ्ने छन्, । सत्य र इमान्दारीताको पक्षमा लाग्नेलाई साथ दिने छन् । यही मान्यतामा अडिग मानुषीले भनिन मैले गफ र भाषणमा विस्वास गर्दिन । म काममा विस्वास गर्ने व्यक्ति हुँ । अब सपना होइन परिणाम चाहिएको छ । भन्दै उनी भन्छिन यसको निम्ति नीति र नेतृत्व सही हुनु पर्दछ । चुनाव वा राजनीति जनताका अतृप्त सपनाको व्यापार गर्ने मेला होइन । यो त समाज रुपान्तरणको माध्यम हो । त्यसैले मलाई विस्वास छ, परिणाम राम्रो आउँछ किनकी जनताको हासो र आसुको मर्म मैले बुझेकी छु । मलाई थाहा छ ,जनताको रगत र पसिनाको कुनै मुल्य हुँदैन, त्यो अमूल्य छ ।त्यसैले जनताको बलिदानी रगत र पसिना बगाएर ल्याएको परीवर्तनका एजेण्डालाई अलपत्र पार्नु हुन्न तिनलाई स्थापित गर्नु पर्दछ । यसको निम्ति पनि आफू जस्ता व्यक्तिहरुको संसदमा उपस्थित हुनु पर्ने बताउँदै मानुषीले विटमारीन । हो सुरुमा हिड्न सिक्दै गर्दा लड्न सकिन्छ, लडिन्छ पनि तर उठेर धुलो टकटक्याँदै पुन हिड्नु पर्दछ । बाल्यकालमा पहिलो पाईला चाल्दा लडेर घुडामा लाग्ने घाउनै जीवन अगाडी बढाउन धर्तीमाताले दिएको जीवन दर्शन र शिक्षा हो । सके गल्ति नगर्ने हो । भइ हाले सच्चाउँदै अगाडी बढ्ने हो । यसको निम्ती सबैको साथ चाहिन्छ । आकासमा उड्न प्रयास गर्दै गएको बचेराको पखेटा काटिदिने होइन कावाखादै निलो आकास उड्न सिकाउनु पर्दछ ।

८,आश्विन.२०७९,शनिबार १०:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: