भारतबाट दूध आयात गर्ने निर्णय तत्काल फिर्ता गर्न कमल थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय फिर्ता गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल टीट्रमार्फत किसान र व्यवसायलाई धरासायी पार्ने जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका हुन् ।

उनले नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताए ।

उनले लेखेका छन्,‘नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ।किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रम शेर बहादुर देउवाकोको ध्यानाकर्षण गराउँछु।’ सरकार केही दिन अघि भारतबाट दूध आयात गर्ने निर्णय गरेको थियो ।

८,आश्विन.२०७९,शनिबार ११:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्