सांसदलाई एमालेमा भित्र्याउन ओली जनकपुरमा, रेल चढेर तीनकोरिया जाँदै

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आइपुगेका छन् । पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली जनकपुरधाम आइपुगेका हुन् ।

एमालेले धनुषाको तिनकोरियामा बृह्त पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीबाट पूर्वमन्त्री अरगरियासंगै हजारों कार्यकर्ता एमालेमा प्रवेश गर्ने बताइएको छ ।

ओली जनकपुरधाम विमानस्थलबाट सिधा जनकपुर रेल्वे स्टेशन हिडेका छन् । त्यहाँबाट नेपाली रेल चढेर ओली सहितका नेता कार्यकर्ता महिनाथपुर स्टेशनसम्म पुग्ने छन् । त्यहाँबाट पैदल कार्यक्रम स्थल विदेह नगरपालिकाको तिनकोरिया पुग्ने बताइएको छ ।

८,आश्विन.२०७९,शनिबार १२:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्