एमाले देवदह अध्यक्षले छाडे पार्टी, स्वतन्त्र उम्मेदवारीको घोषणा

बुटवल । नेपाल कम्युनिस्ट पार्टी एमाले देवदह नगरपालिका कमिटीका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् ।

देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले आगामी प्रतिनिधि सभा चुनावमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । २०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसंग झिनो मतले पराजित भएका थिए ।

८,आश्विन.२०७९,शनिबार १७:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्