हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको आज शिलान्यास

काठमाडौं । हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास गरिंदै छ । मोरु गणेशस्थान नजिक सम्पदामार्गको शिलान्यास गरिएको हो ।

हनुमानढोका र स्वयम्भू दुबै विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण गर्ने योजना छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणसम्बन्धी काम गर्ने पहिलो निर्णय गरेका थिए ।

९,आश्विन.२०७९,आईतवार ०९:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्