काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

साबा महिला बास्केटबल : नेपालले आज घरेलु टिम माल्दिभ्ससँग खेल्ने

5.81K
shares
khanepani bord

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल घरेलु टिम माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुनेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टिम प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजनामा हुनेछ ।

४ टिम सम्मिलित च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंका र तेस्रो तथा अन्तिम खेल भुटानसँग खेल्ने छ ।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगिसकेको छ ।

नेपाली टोली

सदिना श्रेष्ठ(कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का ।

IME
khanepani