काठमाडौंको गोंगबु बसपार्कबाट गैँडाको खागसहित दुई जना पक्राउ

काठमाडौं। काठमाडौंको गोंगबु बसपार्कबाट गैँडाको खागसहित दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार बिहान बसपार्कस्थित एक होटलबाट उनीहरुलाई खागसहित नियन्त्रणमा लिएका हो ।

न्यू रुकुमेली गेस्ट हाउसबाट पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहे पनि उनीहरुको थप विवरण सार्वजनिक गरिएको छैन ।

९,आश्विन.२०७९,आईतवार १२:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्