काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा पवित्रमान बज्राचार्य

4.78K
shares
khanepani bord

काठमाडौं । नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा पवित्रमान बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा नरेशबाबु शाही निर्विरोध भए भने महासचिवमा अमुलकाजी तुलाधर निर्वाचित भए ।

संघको शनिबार सम्पन्न ४३ औं वार्षिक साधारण सभाले बज्राचार्यको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको सचिवमा राजु मास्के निर्वाचित भए ।

साधारण सभाले कोषाध्यक्षमा बसन्त श्रेष्ठ, सह–कोषध्यक्षमा ध्रुबप्रसाद अधिकारी निर्वाचित भए ।

सदस्यहरुमा शिव डंगोल, सुरज होना, दिनेश तुलाधर र विरेन्द्र सिंह चयन भएका छन् । यसअघि संघको अध्यक्षमा राजकुमार श्रेष्ठ थिए । २०७८ असारमा कोभिड-१९ संक्रमणका कारण उनको निधन भएपछि संघ नेतृत्वविहीन बनेको थियो ।

IME
khanepani