
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको कार्यकक्षमा त्यहा कार्यरत सक्रिय युनियनहरुले ताला बन्दी गरेका छन । केयूकेएलमा लामो समयदेखि सिइओ शाक्यको राजिनामा मागेर आन्दोलनरत युनियनहरु सिइओले केयूकेएललाई तहस नहस बनाएको, शाखाहरुमा लामो समयदेखि कार्यालय प्रमुख बनाउन नसकेको, महशुल उठाउन तदारुक्ता नदेखाएको सरुवा बढूवामा पैसाको लेनदेन गरेको जस्ता आरोप लगाएर शुक्रवारदेखि तालाबन्दी गरेका छन ।
लामो समय देखि आन्दोलनरत कर्मचारी चार युनियनहरुले आन्दोलन गरेपनि तालाबन्दीमा दुई युनियनहरु मात्र सहभागी भएका छन । अन्तिम समयमा नेपाली कांग्रेस निकट केयूकेएल कर्मचारी युनियन र राप्रपा निकट केयूकेएल कर्मचारी परिषदले आन्दोलनमा सहमति भएपनि ताला बन्दीमा असहमति देखाएका छन । तर, यिनै युनियनका अन्य नेताहरु भने आन्दोलनलाई निरन्तरता दिनु पर्नेमा जोड दिइरहेका छन ।
युनियनका अध्यक्ष केशव अधिकारीको मेकानिकल शाखामा सरुवा भएको छ । उनी त्यहा सरुवा भएपनि रमना हुन नसकेका कारण आन्दोलनका कार्यक्रममा भाग नलिएको आरोप छ । त्यसै गरि परिषदका विपिन सोपको जागिर एक वर्षबाकि रहेका कारण र उनलाई पनि सिइओ शाक्यले जाउलाखेल शाखाको लेखा प्रमुख बनाउने आश्वासन दिएका कारण उनी आन्दोलनबाट भागेको आरोप उनी निकट कर्मचारीहरुले लगाएका छन ।
सिइओ शाक्यले मन्त्री उमाकान्त चौधरीलाई २० लाख दिएर सिइओमा टिकिरहने योजना आन्दोलनरत कार्मचारीहरुको तालाबन्दीका कारण तुहिएको हो ।
उनलाई संचालन समितिले हटाउने योजना बनाउदै गरेका समयमा सिइओ विरुद्ध कर्मचारीहरुले आन्दोलन गरेर उनको कार्यकक्षमा तालाबन्दी गरेपछि उनी राजिनामा दिने अवस्थामा पुगेको उनी निकट स्रोतले बताएको छ । उनलाई व्यवस्थापन पक्षकै कर्मचारीहरुले समेत असहयोग गरेका कारण उनी राजिनामा दिने अवस्थामा पुगेको उनी निकट स्रोतको दावी छ ।
उनले राजिनामा नदिएर आलटाल गरेमा उनलाई असक्षम घोषाण गर्दै सिइओवाट हटाएमा भविष्यमा कुनै सरकारी लाभको पद नपाउन अवस्था आउने भएका कारण उनले आफै राजिनामा दिने सोच बनाएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्