आचारसंहिता लागूबारे छलफल गर्न निर्वाचन आयोगमा प्रधानमन्त्रीसहित नेताहरु सहभागी

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने विषयमा राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

भदौमै राजपत्रमा प्रकाशित आचारसंहिता अब आयोगले निर्णय गरेसँगै लागू हुनेछ ।

आयोगले बोलाएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङलगयत नेताहरुको सहभागीता रहेको छ ।

बैठकमा १२ राजनीतिक दलहरुलाई बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

९,आश्विन.२०७९,आईतवार १७:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्