रियाशा र भटभटैको ‘अति भो’ ले लोकप्रियता कमाउँदै

रुपन्देही । हास्य टेलिश्रृखंला ‘अति भो’ ले ११७ भाग पूरा गरेको छ । दर्शकमाझ लोकप्रियता बढ्दै जाँदा यो सफलतासम्म आइपुगेको निर्देशक सुरज खनाल बताउँछन् ।

हास्यव्यंग्यको माध्यमबाट सामाजिक कुरीतिहरूलाई हटाउने र मनोरञ्जन दिने उद्देश्यका साथ सुरू भएको यो टेलिसिरियलले कमेडीसँगै समाज सुधारका विषयमा कथावस्तु तयार गरिरहेको निर्देशक खनालले बताए । यो सिरियल हरेक आइतबार राति ८:५० बजे नेपाल टेलिभिजन अनि ९:३० मा मिडिया हब अफिसियल युट्यूब च्यानलबाट प्रशारण हुँदै आएको छ ।

यो हास्यश्रृंखलामा रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा, सोभाखर खनाल, रिता सिवाकोटी, युवराज तिमल्सिना, सुबु शाही, सुमन खनाल, धनराम मुस्कान ,अजय रेग्मी, रेसम बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् । दीलिप विष्टको छायांकन रहेको ‘अति भो’ मा रविन भट्ट, अशोक चौधरी र नमिता चालिसेको सम्पादन छ । लेखन सुरज खनाल र ओकेश पनेरुले गर्छन् ।

दर्शकको मायाकै कारण आफूहरूमा उत्साह थपिएकोले सुझावको आधारमा नयाँनयाँ विषयवस्तु पस्किने कलाकार शोभाखर खनालले बताए ।

१०,आश्विन.२०७९,सोमबार १२:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्