काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

मधेसका मुख्यमन्त्रीलाई निहारिकाको फोनः पैसा नदिने भए ५ लाखको हल्ला किन पिटाएको ?

4.58K
shares
khanepani bord

काठमाडौं । मधेसको मन्त्रिपरिषद् बैठकले गत १० भदौमा ‘कुमारी आमा’ निहारिका राजपूतलाई ५ लाख रुपैयाँ दिने निर्णय ग¥यो । तर, एक महिनासम्म पनि निर्णय कार्यान्वयन भएको छैन ।

आफूलाई रकम दिने भनेर मिडियामा प्रचारमात्र गरिएको निहारिकाले बताइन् । यस विषयमा मधेसका मुख्यमन्त्री लालबाबु राउतसँग पनि उनले गुनासो राखेकी छन् ।

‘मैले आफ्नो छोरा जे-जसरी भए पनि हुर्काइरहेको छु । पैसा देउ भनेर मैले मागेको होइन, उनीहरु आफैंले निर्णय गरेका हुन् । मैले मिडियाबाट थाहा पाएँ । यसरी प्रचार भएपछि मैले चासो त राख्छु नि’, निहारिकाले भनिन् ।

मुख्यमन्त्रीलाई फोन गर्दा उनले प्रमुख सचिवको दोष देखाएको निहारिकाले बताइन् ।

‘मैले पैसा नदिने भए ५ लाखको प्रचार किन गर्नुभयो भनेर सोधें । उहाँले प्रमुख सचिवले अड्काइरहेका छन् भनेर मसित माफी माग्नुभयो’, उनले भनिन्, ‘उहाँ धेरै दिनदेखि कार्यालय नै नगएर अरु निर्णयहरु पनि प्रमुख सचिवका कारण कार्यान्वयन रोकिएका रहेछन् ।’

मुख्यमन्त्रीले उनलाई आफैं प्रमुख सचिवलाई फोन गर्न सुझाएका थिए । निहारिकाले गरिन् पनि । तर, चित्तबुझ्दो जवाफ पाइनन् ।
‘मैले मन्त्रिपरिषदको निर्णय किन कार्यान्वयन नभएको हो भनेर प्रश्न गर्दा उहाँले गैरजिम्मेवार जवाफ दिनुभयो’, निहारिकाले भनिन् ।

आर्थिक समस्याका कारण आफूलाई बच्चाको लालनपालनमा कठिनाइ भइरहेको उनले बताएकी छन् ।

IME
khanepani