काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

गृहमन्त्री खाँणको आरोप : राष्ट्रपतिले विधेयक रोकेर संविधानमाथि अतिक्रमण भयो

4.52K
shares
khanepani bord

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । नेपालको संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने लेखेको भएपनि अहिले विधेयक रोकिँदा लाखौं नागरिक अनागरिक बनेको र त्यसको उल्लंघन संविधानका संरक्षकबाट नै भएको उनको भनाई छ । उनले राष्ट्रपतिको नाम नलिएपनि संविधानको संरक्षकबाट विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको सबैले बुझेको बताए ।

रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौं स्थापना दिवसलाई सोमबार बुटवलमा सम्बोधन गर्दै गहृमन्त्री खाँणले यस्तो बताएका हुन । गृहमन्त्री खाँणले २०७८ जेठ ९ गते केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरुले जस्ताको तस्तै अगाडि सारेको समेत बताए ।

‘एक जना पनि नागरिकले नागरिकताविहीन हुँदा गृहमन्त्रीको नाताले मैलै जवाफ दिनुपर्छ’ उनले भने, ‘नागरिकताको पर्खाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनुपर्दैन ।’

उनले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाएको बताए । उनले नागरिकता नहुँदा शिक्षादेखि बैंकमा खाता लिनबाट समेत बञ्चित हुनुपरेको बताए । गृहमन्त्री खाँणले मंसिर ४ गते हुने निर्वाचन स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै खर्च जोगाउन एकैपटक निर्वाचन गर्ने निर्णय भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सञ्चार तथा कानुनमन्त्री तिलकराम शर्मा, नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, राससका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाई, पत्रकार ऋषि धमलालगायतले बोलेका थिए । यसैबीच सोही अवसरमा पत्रकार रामप्रसाद आचार्य र रेखा भुसाललाई नगदसहित पुरस्कृत गरिएको थियो ।

IME
khanepani