ओपीडी टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ ।

१०,आश्विन.२०७९,सोमबार १६:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्