काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

सर्लाहीबाट काठमाडौं आएको बसको डिक्कीबाट लागुपदार्थ बरामद, सहचालक पक्राउ

5.19K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

डाईजेपाम, फेनारगन र नुर्फिन एक/एक हजार थानसहित सर्लाहीको ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी ना. ५ ख ६५९९ नम्बरको बसका सहचालक हुन् ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बसको डिक्कीबाट लागूपदार्थ बरामद भएको थियो । सहचालक हिमालले नै उक्त लागूपदार्थ डिक्कीमा लुकाएर ल्याएको प्रहरीको भनाइ छ ।

IME
khanepani