काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

सांसद भएर जनताको काम गर्न सकिँदैन, अब चुनाव लड्दिनँ: गजेन्द्र महत

4.34K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्।

कुराकानी गर्दै माओवादी केन्द्रका जुम्ला इन्चार्ज महतले आफू यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने बताए।

‘मलाई मन्त्री बनाउदैनन्। सांसद भएर जनताको काम गर्न नसकिने रैछ। त्यसैले यसपटक अर्को साथीलाई सहायोग गर्छु,’ उनले भने,’सत्ता गठबन्धनबाट जुम्लामा हाम्रै पार्टीले टिकट पाउँछ। म जिल्ला इन्चार्ज भएकाले दोहोरिन सक्छु तर मलाई इच्छा छैन।’

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्ला माओवादीकै भागमा पर्छ या कांग्रेसलाई पर्छ भन्ने टुंगो लागिसकेको छैन। २०७४ को निर्वाचनमा यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत विजयी भएका थिए।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले आफ्नो चुनावी घरदैलो समेत सुरू गरेका छन्।

सांसद भएर आफ्नै खर्च धान्न धौ-धौ भएकाले यसपटक उम्मेदवार नबन्ने उनले बताए।

‘जुम्लाबाट काठमाडौं आउने-जाने गर्दैमा ३२ हजार खर्च हुन्छ। म एक्लै आउने-जाने गर्दा यति खर्च हुने हो। सांसदका साथमा अरू समेत हुन्छन्,’ उनले भने,’भनसुनमा उत्तिकै लाग्नुपर्ने तर काम गर्न नसकिने हुँदा धेरै गाह्रो हुन्छ।’

चुनावमा हुने खर्च धान्न समेत कठिन हुने उनको तर्क छ।

‘सांसदको चुनाव लड्न डेढ करोडसम्म खर्च गर्न तयार हुनुपर्छ,’ उनले भने।

IME
khanepani