नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा नउडाउन चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा नउडाउन चेतावनी दिएको छ ।

दशैं नजिकिएसँगै विमानस्थलको आसपासमा चङ्गा उडाएको पाइएपछि प्राधिकरणले सूचना जारी गर्दै नउठाउन चेतावनी दिएको हो ।

विमानस्थल चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

अझै पनि कसैले अटेर गरी चङ्गा उडाइएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको छ ।

१२,आश्विन.२०७९,बुधबार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्