विवेकशील साझाको अपिल- संगठित र एकढिक्का भएर चुनावमा जाऔं

काठमाडौ । काठमाडौ विवेकशील साझा पार्टीले संगठित र एकढिक्का हुन पार्टीका नेता तथा कार्यकर्तामा अपिल गरेको छ।

पार्टी अध्यक्ष समीक्षा बास्कोटाले एक भिडिओ अपिल जारी गर्दै विवेकशील साझा स्थापनाकालको प्रतिवद्धताअनुसार नै अगाडि बढिरहेको बताएकी छन्।

विवेकशील साझा छाडेर निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्न लागेका छन्। सो सन्दर्भमा विवेकशील साझाले यो विषयलाई सामान्य रूपमा लिन भनेको छ।

‘पछिल्ला केही घटनाक्रम लगायत आमसञ्चार माध्यममा जुन हिसावले विवेकशील साझा पार्टीलाई जोडेर केही समाचारहरू आइराखेका छन्, त्यसमा सम्पूर्ण नागरिक, आमशुभेच्छुक र पार्टीका सदस्य साथीहरूलाई म के भन्न चाहन्छु भने विवेकशील साझा पार्टी हामी एकढिक्का भएर एकैठाउँमा छौं,’ उनले भनेकी छन्।

उनले मिश्रको नाम नलिई पार्टी प्रवेशको कुरालाई सामान्य रूपमा लिन भनेकी छन्। ‘केही व्यक्तिको अमुक कुनै राजनीतिक दलमा प्रवेशलाई यहाँहरूले सामान्य रूपमा लिइदिनुहुन पनि अनुरोध गर्न चाहन्छु,’ उनले भनेकी छन्।

उनले पार्टीको मर्म र मुल सिद्धान्त देशका नागरिकसामु गरिएका प्रतिवद्धतालाई नभुलीकन अगाडि बढ्ने पनि बताएकी छन्। उनले तराजु चिन्हसहित पार्टी आमचुनावमा भाग लिने पनि बताएकी छन्।

१२,आश्विन.२०७९,बुधबार ०९:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्