साबा च्याम्पियनसिप: पुन:नेपाल उपविजेतामै सीमित, श्रीलंका विजेता

काठमाडौं । साबा बास्केटबल च्याम्पियनसिपमा नेपाल पुन उपविजेतामै सीमित भएको छ ।बुधबार, साविक विजेता श्रीलंकाले घरेलु टिम माल्दिभ्सलाई ७५–५९ को स्कोरमा पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्यो ।

नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार राष्ट्रको सहभागिता रहेको प्रतियोगितमा राउन्ड रोबिन पद्दतिपछि शीर्ष स्थानमा रहने टिम श्रीलंका च्याम्पियन बनेको हो ।

पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ को नतिजामा हारेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ स्कोरले हराएको थियो । तेस्रो खेलमा बुधबार भुटानमाथि ६५–२६ ले पराजित गर्दै च्याम्पियन बन्ने सम्भावना कायम राखेको थियो ।

तर, बुधबार राती सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै नेपालको फेरि एक पटक च्याम्प्यिन बन्ने लक्ष्य पूरा हुन सकेन ।

दक्षिण एसियाली बास्केटबल संघ ९साबा० महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।
यसअघि सन् २०१६ मा नेपालमा आयोजनाभएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।

१३,आश्विन.२०७९,बिहीबार ०८:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्