काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

‘कबड्डी ५’को घोषणा गर्दै रामबाबुले भने, ‘काजीलाई अझै दुई वर्षको ग्याप चाहिने देखियो’

4.34K
shares
khanepani bord

काठमाडौं । ‘कबड्डी ४’लाई फिल्मको अन्तिम श्रृंखला भनिएको थियो । सोहीअनुसार शीर्षक नै ‘फाइनल म्याच’ राखिएको थियो । दर्शकले पनि चौथो श्रृंखला नै अन्तिम हुनसक्ने अनुमान लगाइरहेका थिए ।

पख्नुस् पख्नुस्, त्यस्तो होइन । चौथो श्रृंखला नै ‘कबड्डी’को अन्तिम सिरिज होइन । फिल्मको पाँचौं सिक्वेललाई लिएर महत्वपूर्ण विकास भएको छ । पाँचौं श्रृंखला बन्नेछ र पटकथा लेखनको प्रक्रिया सुरु भएको छ ।

फिल्मको पाँचौं श्रृंखला सन् २०२४ मा रिलिज गर्ने गरी तयारी अगाडि बढाइने भएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङले दुई वर्षमा रिलिज हुने गरी आफूहरुले योजना बनेको बताए ।

‘काजी पात्रलाई अझै दुई वर्ष अन्तरको समय चाहिने देखियो । त्यसबीचमा उक्त चरित्रको जीवनमा आउने उतारचढावलाई हामीले पर्खिएका छौं,’ निर्देशक गुरुङले भने, ‘सोहीअनुसार सन् २०२४ मा प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ ।’

‘कबड्डी ४’ फिल्मको अन्त्यमा काजी र शान्ति मिस एक भएको देख्न सकिन्छ । निर्माताले फिल्मको स्पिनअपस्वरुप ‘मिस्टर बमकाजी’ बन्ने बताए पनि यसबारे भने थप खुलाइएको छैन ।

गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को सुटिङ सकिएको छ र सबै कास्ट एण्ड क्रिउ काठमाडौंमा फर्किएका छन् ।

IME
khanepani