काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

शंकरदेवका उप-प्राध्यापकमाथि नेविसंघका कार्यकर्ताद्वारा अभद्र व्यवहार

4.71K
shares
khanepani bord

काठमाडौं । शंकरदेव क्याम्पसका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरेका छन् ।

शंकरदेवमा संचालित प्राइभेट कार्यक्रमहरू बीबीई, बीबीए फाइनान्स, बीपीएम, बीआईएमको भर्ना अन्तिम समय बुधबार थियो ।

बीआईएमका कोअर्डिनेटर रहेका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई लामाले आफूले सिफारिस गरेको विद्यार्थी भर्ना गर्न दबाब दिँदै अभद्र व्यवहार गरेका थिए ।

उप-प्राध्यापक रवीन्द्र भट्टराईले भने, ‘मेरा मान्छे भर्ना गर्दे भनेर दबाब दिए । मैले नियमभन्दा बाहिर गएर भर्ना गर्न नमान्दा अभद्र व्यवहार गरे ।’ अभद्र व्यवहार गरे पनि उनले कतै उजुरी गरेका छैनन् ।

यो व्यक्तिगत नभई संस्थागत भएकोले यसलाई क्याम्पस प्रशासनले कसरी सम्बोधन गर्ने भन्ने निर्णय लिनुपर्ने बताए ।

प्राध्यापक संघ इकाईले क्याम्पसभित्र प्राध्यापकहरुमाथि हुने दुर्व्यवहार अन्त्य हुनुपर्ने र संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको छ ।

गत वर्ष पनि लामाले सहायक क्याम्पस धनराज चालिसेलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

IME
khanepani