हामीले आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा

काठमाडौं । काग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् ।

समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका हुन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताए ।

उनले भने,‘पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुयाउनुपर्ने बेला आएको छ ।, नभए त पार्टी त केवल सत्ताको हतियार मात्र हुनेभयो । केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो ।’

१४,आश्विन.२०७९,शुक्रबार १०:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्