काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

लागुऔषध सेवन गरी सवारी चलाउने तीनजना पक्राउ

4.77K
shares
khanepani bord

हेटौँडा । लागुऔषध सेवन गरि सवारी चलाएको पाइएपछि हेटौँडाबाट प्रहरीले तीनजना चालकलाई नियन्त्रणमा लिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १ अन्र्तगत हेटौँडा–काठमाडौं सडकखण्डको तिरतिरे धारमा जाँच गर्ने क्रममा ३ जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शंका लागेका चालकहरुको पिसाव जाँचबाट लागुऔषध प्रयोग गरेको पत्ता लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको चालकहरुको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

चाडपर्व लक्षित परिक्षणको क्रममा मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतम पनि फिल्डमा खटिएका छन् ।

IME
khanepani