काठमाडौं । नक्कली नेपाली नोटसहित प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कल्याणपुर- १० का ३९ वर्षीय जिवछ कामती रहेका छन् ।
उनको साथबाट एक हजार दरका पाँच वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
१४,आश्विन.२०७९,शुक्रबार ११:२५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्