नेपाली कांग्रेस भित्रको विवादले आरजु राणा र मञ्जु खाँणलाई धक्का, समानुपातिकको सूचीको नाम तलमाथि

काठमाडौं । नेपाली कांग्रेस भित्रको विवादले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणलाई धक्का लागेको छ । उनीहरुको समानुपालिकको नाम तलमाथि हुने संकेत देखिएको छ ।

आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक जना पदाधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको लागि मिति तोकिएको छ ।

१६,आश्विन.२०७९,आईतवार १३:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्