व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकट कायमै रहेको बताएका छन् ।

दशैंको अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताएका हुन् ।

‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो’ उनले भनेका छन् ।

उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् । मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको उनको भनाइ छ ।

उनले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावका जाने बताएका छन् । संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने उनको भनाइ ५ ।

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने पनि बताएका छन् ।

१७,आश्विन.२०७९,सोमबार ०९:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्