
काठमाडौँ । कात्तिक ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाखे’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपाति छेकोमा रिलिज भएको ट्रेलरमा रहस्य, द्वन्द्व र सम्बन्धका आयामलाई प्रस्तुत गरिएको छ ।
यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतको प्रमुख भूमिका छ ।
‘लाखे’ वस्तुलाई विम्व बनाएर निर्माण भएको फिल्मले अपराध नेक्सस र प्रहरीको जासूस संयन्त्रको कथा पेश गर्छ । नियो नोइर जानराको फिल्म भएकाले दर्शकले सम्राट बस्नेत निर्देशित फिल्मलाई रुचाउने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्