मेडिकल परीक्षणका लागि सन्दीपलाई लगियो अस्पताल

काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । सन्दीपको मेडिकल परीक्षणका लागि अस्पताल लगिएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । त्यहाँबाट अस्पताल लगिएको र आफूले भेट्न नपाएको अधिवक्ता घिमिरेले जानकारी दिए ।

‘सन्दीपजीले आत्मसमर्पण गरिहाल्नुभयो । मेरो उपस्थतितिमा आफूलाई बुझाउने अनुरोध गर्नुभएको थियो । मलाई इमेल गर्नुभएको थियो । तर म यहाँ आइपुग्दाखेरि प्रहरी टोली एयरपोर्टमा पुगिसक्नुभएको रहेछ,’ उनले भने ।

आफूलाई प्रहरी वृत्तमा नै भेट्नू एयरपोर्ट जान सम्भव छैन भनेर प्रहरीले भनेको तर भेट्न नपाएको घिमिरेको भनाइ छ । ‘भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । उहाँहरूले नियन्त्रणमा लिएर मेडिकलका लागि लिएर जानुभएको छ । मेडिकलमा २ घण्टाजति समय लाग्छ भन्नुभएको छ,’ उनले भने ।

२०,आश्विन.२०७९,बिहीबार ११:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्