राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

अस्पताल उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणकाे लागि पठाइएको छ ।

२२,आश्विन.२०७९,शनिबार ११:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्