लोसपा नेता मियाँ एमाले प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेता एकबाल मियाँ नेकपा एमाले प्रवेश गरेका छन् ।

शुकबार राति एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरे । उनी २०७४ को निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं।-४ मा लोसपाबाट टिकट पाएर निर्वाचित भएका थिए । नेता मियाँ २०७९ को निर्वाचनको २३ गते हुने उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा एमालेमा प्रवेश गरेका हुन् ।

२२,आश्विन.२०७९,शनिबार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्