सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीद्वारा बिदाइ भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेका छन् ।

राजदूत यान्छीले शनिबार विहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन् ।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए ।

सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरे ।

बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।

२२,आश्विन.२०७९,शनिबार १२:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्