टिकट नपाएपछि जसपा मधेसका वरिष्ठ उपाध्यक्ष यादव कांग्रेस प्रवेश गर्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादवले टिकट नपाएपछि पार्टी परित्याग गर्ने भएका छन् ।

नेता यादव प्रदेशसभामा टिकटका आकांक्षी थिए । तर, टिकट नपाएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

कांग्रेसले नेता यादवलाई धनुषा क्षेत्र नम्बर ४ (क)बाट टिकट टिने सहमति बनेको बुझिएको छ । उनीसँगै जसपाका प्रदेश कमिटीका बजरंग यादव, डा. शत्रुघन यादवलगायतका नेता कार्यकर्ता पनि कांग्रेस प्रवेश गर्ने तयारीमा जुटेका छन् ।

नेता यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नै निवास लक्ष्मीनियाँमा कार्यक्रम राखेएको बुझिएको छ ।

२३,आश्विन.२०७९,आईतवार ११:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्