नेकपा एसका अध्यक्ष नेपालले गराए रौतहट- १ बाट मनोनयन दर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहट १ बाट प्रतिनिधि सभा सदस्यका लागि उममेदवजारी दर्ता गराएका हुन्।

०७४ सालको निर्वाचनमा काठमाडौं–२ बाट जितेको नेपाल अहिले सुरक्षित स्थानको खोजिमा रौतहट पुगेका हुन्। एमालेबाट विद्रोह गरेर हिँडेपछि पहिलोपटक चुनावी मैदानमा होमिन लागेका नेपाललाई आफ्नो अस्तित्व जोगाउन चुनौति छ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा रौतहटका चारवटा पालिकामा समाजवादीले जितेपछि थियो।

२३,आश्विन.२०७९,आईतवार १२:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्