गृहमन्त्री खाडसँग भिड्न एमाले र जसपाको साथमा राप्रपाका दीपक बोहोराको उम्मेदवारी

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाडसँग भिड्न रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टीको साथ पाएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् ।

बोहरा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका थिए । त्यो बेला कांग्रेस नेता खाँड समानसपातिकमा बसेर बोहोरालाई सधाएका थिए ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ कबाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । क्षेत्र नम्बर ३ खबाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सत्तारुढ दलको गठबन्धनबाट उम्मेदारी पाएका कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाडले एक घन्टापछि उम्मेदारी दर्ता गराउने समय पाएका छन् ।

२३,आश्विन.२०७९,आईतवार १३:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्