रामेछापमा सत्ता गठबन्धनमा विद्रोहको चुनौती, एमालेमा कोहि देखिएनन बागी

रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्तापक्ष गठबन्धनमध्ये एकीकृत समाजवादीबाट पनि संघ र प्रदेशमै उम्मेदवारी दर्ता गरेर विद्रोह गरेको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी दुई वटा प्रदेशमा गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका नवराज घिमिरले दिएको जानकारी अनुसार रामेछापको प्रदेश १ मा १२ र प्रदेश २ निर्वाचन क्षेत्रमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको एक सिटको लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन भने दुई जना प्रदेशसभा सदस्यको लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवारको विरुद्ध धेरै बागी उम्मेदवारी परेको छ । नेकपा एमालेका उम्मेदवारको विरुद्ध भने बागी उम्मेदवारी दर्ता भएको छैन् । सत्ता गठबन्धनका उम्मेदवारको विरुद्ध आफ्नै पार्टीभित्रबाट विद्रोह गर्दै बागी उम्मेदवारी चुनौती देखिएको छ ।

त्यसैगरि केन्द्रमा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा सहमति भएपनि उम्मेदवारी दर्ता गर्ने क्रममा रामेछापमा सत्ता गठबन्धनकै साझा उम्मेदवारको विरुद्ध उम्मेदवारी दर्ता भएको छ । रामेछापमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति पूर्ण बहादुर तामाङ, प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ र प्रदेश ख मा माओवादीकै युवराज चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् । तर सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि प्रतिनिधिसभा र दुवै प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको छ । समाजवादी रामेछापबाट प्रतिनिधिसभाका लागि देवशंकर पौडेल, प्रदेशसभा सदस्य क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा झम्क कंडेलले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभाका उम्मेदवारी दर्ता गराएका रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले आफूहरुले तीन मध्ये एक सिटमा दावी गरेपनि नपाएकाले पार्टीको निर्णय अनुसार नै उम्मेदवारी दर्ता गराएको बताए । उनले भने,‘पार्टी अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको टिकट लिएर हामीले उम्मेदवारी दर्ता गराएका छौ, यो उम्मेदवारी फिर्ता हुँदैन ।’

२४,आश्विन.२०७९,सोमबार १०:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्