इजरायलमा नेपाली केयरगिभर कामदारले देखाएर उदण्डता, धमाधम कामबाट निकालिए

काठमाडौं । “नपाउनेले…के पायो, बोक्रैसमेत खायो” भन्ने उखान यतिखेर इजरायलमा सरकार–सरकारवीच भएको सम्झौता अनुसार गएका केयरगिभर कामदारहरुले देखाएको उदण्डताले पुष्टि गरेको समाचार छ ।

इजरायलमा दिर्घकालीन स्याहार केन्द्रका लागि सरकारसँग लिखित सम्झौता गरेर गएका कामदारहरुले त्यहाँ पुगेपछि अस्वभाविक गतिविधि देखाउन थालेपछि कम्पनीहरुले धमाधम कामदारलाई कामबाट हटाउने प्रक्रिया अगाडि बढाउन थालेको समाचार छ ।

केयरगिभरको नक्कली प्रमाणपत्र देखि शैक्षिक योग्यताका समेत नक्कली प्रमाण पत्र पेश गरेर छनोट भएर इजराजय गएका कामदारहरुले काममा भन्दा अन्य अस्वभाविक गतिविधिमा ध्यान दिन थालेपछि त्यस्ता कामदारको त्यहा पनि चर्को विरोध शुरु भएको छ ।


स्याहार केन्द्रको नियम अनुसार काम गर्ने, फोनमा बढी व्यस्त देखिने, चर्को चर्को स्वरमा फोनमा कुरा गर्ने, बुढाबुढीहरुको फोटो र भिडियो खिचेर नेपालमा भएका साथिहरुलाई पठाउने र यौन गतिविधिमा बढी क्रियाशिल देखिने जस्ताकाम गर्ने कामदारहरुका कारण राम्रो काम गरेर पैसा कमाउन गएकाहरुलाई बाधा परेको समाचार स्रोतको दावी छ ।

सामान्य अंग्रेजी भाषाको ज्ञानमात्र भएका कामदारहरुले हिब्रु भाषाको पट्कै ज्ञान नभएका कारण पनि नेपाली कामदार प्रति रोजगारदाता हैरान भएर उनीहरुलाई फिर्ता गर्ने काम भएको एक केयरगिभर कामदारले नाम नलेख्ने सर्तमा बताएका हुन ।
महिला कामदारका कारण एक आपसमा मारपिट समेत चल्ने गरेको समाचार स्रोतले दावी गरेको छ ।

मदिरा सेवन गरेर कार्यस्थलमै यौन जन्यगतिविधिहरु गर्ने, फोन र समाजिक सञ्जालमा बढी समय विताउने, काममा अल्छी गर्ने कामदारलाई रोजगारदाताले सांकेतीकरुपमा कम घण्टा कामदिएर उनीहरुको गतिविधि निगरानी गर्दा समेत उनीहरुमा सूधारको संकेत नदेखिएपछि कामबाट विदा गरेको समाचार स्रोतले दावी गरेको छ ।

विशेष गरि महिला कामदारहरु रातभर फोनमा व्यस्त हुने र डिउटीको समयमा निदाउने जस्ता गतिविधि समेत गर्न थालेपछि उनीहरुलाई कारवाहि स्वरुप कामबाट निकालिएको समाचार स्रोतले दावी गरेको छ ।

केयरगिभर कामदारले त्यहाका बुढाबुडीहरुलाई भन्दा आफुसँग सगै काम गर्ने कामदार पुरुषहरुको बढी खातिरदारी समेत गर्ने गरेका कारण पनि उनीहरुलाई कामबाट निकाल्ने गरेको एक कामदारले नेपाली जनतालाई बताएका छन ।
केयरगिभर कामदारहरुले त्यहाँ पनि संघ संगठन खोलेर कम्पनीमा अवरोध गर्ने प्रयास समेत गर्ने गरेको बुझिएको छ । यस्ता कामदारलाई नेपाल सरकार, नेपाली दुतावास र इजरायली प्रहरी र त्यहाँको एचआरले समेत निगरानी बढाउने र त्यस्ता गतिविधि गर्ने कामदारलाई तत्काल नेपाल र्फकाउने गरि छलफल भइरहेको श्रम तथा रोजगार मन्त्रालयले बताएको छ ।

२४,आश्विन.२०७९,सोमबार ११:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्