कालिकोटमा मलामी गएका १३ जना बेपत्ता, पहिराेमा पुरिएकाे आशंका

काठमाडौं । कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन्।

आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।

स्थानीय हेमराज शाहीको शव घाटमा लिएर गएका मलामीहरू बेपत्ता भएकोजिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

कालिकोटमा केहीदिनदेखि पानी परेको र सँगै ठाउँठाउँमा पहिरो खसेकाले सोही पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । उनहिरुको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।

२४,आश्विन.२०७९,सोमबार १२:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्