एमाले लुम्बिनीका नेता चौधरीद्वारा पार्टी परित्याग

रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य भागिराम चौधरीले पार्टी परित्याग गरेका छन् ।

दङ्गीशरण गाउँपालिकाका पूर्वअध्यक्ष चौधरीले फेसबुक स्ट्याटस लेख्दै राजनीतिक यात्राबाट बिदा लिएको र नयाँ यात्रा सुरु गर्ने जनाएका छन् ।

पार्टीबाट समानुपातिकमा आशा गरेका चौधरी बन्द सूचीमा नपरेपछि असन्तुष्ट रहेका थिए । पालिकामा आकांक्षी रहे पनि उनलाई नदिएर मेघनाथ शाहलाई टिकट दिइएको थियो ।

चौधरीकै असहयोगका कारण गठबन्धनबाट कांग्रेसका शम्भु गिरीले चुनाव जितेको भन्दै पार्टीमा उजुरीसमेत परेको थियो ।

२४,आश्विन.२०७९,सोमबार १२:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्