भीम रावल र घनश्याम भुसाललाई दण्डित गरेर कम्युनिष्ट आन्दोलन बन्दैन: अरुण नेपाल

काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले पार्टी नेतृत्वले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सिन्धुपाल्चोक १ मा टिकटको दाबी गरेका नेता नेपालले उम्मेदवारी दर्ताको भोलिपल्ट नेतृत्वमाथि प्रश्न उठाएका हुन् । सिन्धुपाल्चोक १ मा ओेली निकटका सरेश नेपालले टिकट पाएका छन् ।

नेता नेपालले फेशबुकमा लेखेका छन्, ‘भीम रावल, घनश्याम भुसालहरुलाई दण्डित गरेर कमल थापा, दीपक बोहराहरुलाई पुरस्कृत गर्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन समृद्ध हुन्छ भनेर कसरी मान्न सकिएला र ?’

उनले नेताद्वय रावल र भुसाललाई टिकट नदिएर राप्रपा नेपालका अध्यक्ष कमल थापा र दीपक बोहरालाई पुरस्कृत गरेर कम्युनिष्ट आन्दोलन समृद्ध नहुने उल्लेख गरेका छन् ।

नेता नेपाल एमालेमा ‘१० बुँदे’ पक्षधरका हुन् ।

२४,आश्विन.२०७९,सोमबार १३:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्