मकवानपुर २ (ख) मा गठबन्धनविरुद्ध माओवादी नेताको बागी उम्मेदवारी

हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ (ख) मा गठबन्धनविरुद्ध नेकपा माओवादी केन्द्रका नेताले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धनको तर्फबाट यहाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । बानियाँविरुद्ध माओवादी मकवानपुरका जिल्ला समन्वय समिति सदस्य तथा माओवादी निकट चेपाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव खुसीराम चेपाङले उम्मेदवारी दिएका हुन् ।

नेपाल चेपाङ संघका बागमती प्रदेश अध्यक्षसमेत रहेका चेपाङले माओवादीको प्रभाव रहेको क्षेत्रमा प्रत्येक पटक कांग्रेसलाई मात्र अवसर दिन तानाशाह स्वभावका पार्टीका केही नेतृत्वको हात रहेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

उनले भने, ‘हामी पिछडिएको क्षेत्रबाट जनतालाई सुसूचित गर्दै राजनीतिमा आएको मान्छे । तर, अवसर सधैं व्यापारी, सीमित मान्छेले मात्र पाउने हो भने हामीले किन राजनीति गर्नू ? नेता बनेपछि स्वतन्त्र ढंगबाट पनि जनताले विश्वास गर्ने बचन दिएपछि उम्मेदवारी दर्ता गरेको हुँ ।’

२४,आश्विन.२०७९,सोमबार १३:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्