कक्षा ११ र १२ को स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको छ ।

शाखाले सूचना जारी गर्दै नयाँ पाठ्यक्रम अनुसार अनिवार्य नेपाली, अङग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको हो ।

पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता दंगालले चालु आव २०७९-८० मा केन्द्रको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वाध्यय सामग्री माग गरिएको जानकारी दिएकी छिन् । शाखाले खुला विद्यालय तर्फका कक्षा ११ र १२ का सामग्री लेखनका लागि योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सूचनामा अनुरोध गरेको छ ।

सम्बन्धित विषयमा स्नातकोत्तर योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि (सामाजिक विषयका हकमा सामाजिक अध्ययन र सामाजिक विज्ञान सम्बद्ध क्षेत्रका विषयमा स्नातकोत्तर गरेको), खुला विद्यालय तर्फका स्वाध्ययन सामग्री लेखनमा अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्ने शाखाले जनाएको छ ।

२४,आश्विन.२०७९,सोमबार १३:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्