
पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले गाडी फिर्ता गरेका छन् । उनले सोमबार मन्त्रालयका सचिवलाई गाडी फिर्ता गरेका हुन् ।
आगामी प्रदेशसभा निर्वाचनका लागि कास्की २९ख० बाट उम्मेदवार बनेका थापाले उम्मेदवारी दिएपछि गाडी फिर्ता गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गाडी फिर्ता गरेको जानकारी गराएका छन् । ‘प्रदेशसभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले झन्डावाल गाडी फिर्ता गरेको छु,’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्