इजरायलमा साबित्रा सुनुवारको हृदयघातका कारण निधन,कलाकार मंच इजरायलद्धारा दुःख व्यक्त

इजरायल । इजरायलमा बैदेशिक रोजगारीका लागि गएकि साबित्रा सुनुवारको आकास्मात हृदयघातले गर्दा निधन भएको छ । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्चु इजरायल शाखामा समेत सक्रिय रहेकि कुरा कलाकार मञ्च इजरायलले जनाएको छ ।

उनले इजरायलमा बसेर नेपाली भाषासाहित्य, कला र संस्कृतिको संवर्द्धनका खातिर अन्तर्राष्ट्रिय तहमा रहेको ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च’ इजरायल शाखाका एउटा बलियो स्तम्भका रुपमा उपाध्यक्ष जस्तो जिम्मेवारी समेत निर्वाह गर्दै आएकि थिइन । साबित्रा सुनुवारको आकास्मात हृदयघातले गर्दा निधन भएको दुखद् खबरले सबै मर्महात् भएको कुरा मञ्चले जनाएको छ ।

मञ्चले सुनुवारको कदर गदै भनेको छ, “संस्था र समाजलाई आई परेको बेला आफ्नो जस्तै परिस्थिति भएता पनि आँट-साथ र सहयोग पुराउँनु हुँदै सबैलाई ‘आत्माबलु’र ‘मनोबल’ दिदै आउनु भएको थियो ।’

“‘अन्तर्राष्ट्रिय कलाकार मञ्च’ इजरायल शाखाको एक प्रभाव र प्रतिभाशाली नारी ब्यक्तित्व हुनुहुन्थ्यो जसका आजीवन उपस्थिति र भागिदारी संस्थाले खोजिरहेता पनि हटात हृदयघातको शिकार बन्न पुग्नु भयो । जसले गर्दा संस्थामा एउटा दर्बिलो खाँबो ढलेको महसुस भई रहेको छ । संस्थालाई प्रदान गर्दै आउँनु भएको उहाँको ुकदरणीय भूमिकाको अब हुने रिक्ततालाई कसले पूर्ण गर्लान र भन्ने लागिरहेको छ ”
“अन्तर्राष्ट्रिय कलाकार मञ्च, इजरायल शाखा परिवार लगायत यहाँको वैदेसिक भूमिमा सञ्चालित तमाम नेपाली संघ-संस्थाले एउटी योग्यशाली प्रतिभालाई गुमाएका छौं अनि यही भानले परिब्यप्त भईरहेको पनि छ ।”
“उहाँको असामायिक निधन प्रति गहिरो शोक ब्यक्त गर्दै हार्दिकताले श्रद्धाञ्जली अर्पण गर्दछौँ । यो दुस्खको घडीमा रहनु हुने शोक(सन्तप्त परिवारजनलाई ईश्वारले सहन सक्ने शक्ति प्रदान गरुन ? भनि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) परिवारको तर्फबाट उहाँहरुमा गहिरो सम्वेदना प्रकट गर्दछौँ ।”

२५,आश्विन.२०७९,मंगलवार ०९:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्