
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुँदैछ ।
आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली आज साँझ ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गर्ने जनाएको छ।
आइतबार उम्मेदवारी दर्ता गराएको उम्मेदवारहरुको विरुद्धमा परेको उजुरीको अनुसन्धान गरी आज नामावली सार्वजनिक गर्ने आयोगका प्रवक्ता शालिकराम शर्माले बताए ।
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जनामात्रै छन्।
प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आयोगका अनुसार पुरूष तीन हजार एक सय ७८ र महिला दुई सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन्।
प्रतिक्रिया दिनुहोस्