चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु

हुम्ला । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो । हवाईको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए।

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनसुर्खेतमै फिर्ता भएको थियो ।

२५,आश्विन.२०७९,मंगलवार ०९:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्