राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

सामान्य ज्वरो आएर अस्वस्थ भएपछि शीतलनिवास नजिकै रहेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएकी उनी मंगलबार दिउसो १ बजे डिस्चार्ज भएकी हुन् ।

अब केहि दिन शीतलनिवासमै बसेर आराम गर्ने राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टिका ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।

सामान्य ज्वरो आएर अस्पताल भर्ना भएको भए पनि राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

२५,आश्विन.२०७९,मंगलवार १४:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्