सर्वोच्चका उपसचिवको डेंगीका कारण मृत्यु, परीक्षण गर्न जाँदा वीरमै ढलेका थिए

काठमाडौं । सर्वोच्च अदालतका उपसचिव कृष्णप्रसाद अधिकारीको डेंगी रोगका कारण मृत्यु भएको छ ।

डैंगी परीक्षण गर्न मंगलबार वीर अस्पताल गएका बेला अधिकारीको मृत्यु भएको जानकारी आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

‘परीक्षण गर्न आज वीर अस्पताल जानुभएको रहेछ । रिपोर्ट लिएर यताउता गर्दागर्दै ढल्नु भएको र त्यसै क्रममा मृत्यु भएको खबर आएको छ’, पौडेलले भने ।

उनका अनुसार अधिकारीलाई सोमबार एक्कासि ज्वरो आएको थियो । दसैंअघि मात्र अधिकारीलाई हृदयघात भएको थियो । उपचारपछि उनी घरमा आराम गरिरहेका थिए ।

२५,आश्विन.२०७९,मंगलवार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्